सप्तरी | प्रहरीले शुक्रबार बेवारिसे अवस्थामा १ सय किलो गाँजा फेला पारेको छ । जिल्लाको सुरूङ्गा नगरपालिका–११ महेशपुरस्थित आँपको बगैंचामा सेतो प्लास्टिकको बोरामा हरियो प्लास्टिकले बेरेर राखिएको अवस्थामा पाँच पोकामा २०–२० किलोका दरले गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।
प्रहरी सहायक निरीक्षक बिन्द्रा राय यादवको कमाण्डमा पाँच जना र सशस्त्र प्रहरी बेस पातोका प्रहरी नायब उपरीक्षक नरेन्द्रसिंह धामीको कमाण्डमा सात जनाको संयुक्त टोलीले उक्त गाँजा बरामद गरेको हो। बरामद गाँजा इलाका प्रहरी कार्यालय कडरबोनामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि गत शुक्रबार जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ महादेवा टोलबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले १७ बोरामा रहेको ३९६ किलो गाँजा बरामद गरेको थियो ।
भिडियाे सामाग्री