रौतहट । रौतहटमा खेतमा सिँचाइका लागि विद्युतीय मोटर प्रयोग गर्ने क्रममा करेन्ट लागी मृत्यु हुने घटना बढ्दै गएको छ ।
विद्युतीय सुरक्षामा आवश्यक सावधानी नअपनाउँदा किसानहरू दुर्घटनामा परिरहेका छन्। केवल साउन महिनाभित्रै चार किसानले ज्यान गुमाएका छन् ।
गत बिहीबार दिउँसो परोहा नगरपालिका–६ बसन्तपट्टी टोलका १६ वर्षीय राहुल कुमार पण्डितको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।
यसअघि माधव नारायण नगरपालिका–४ बिसनपूर्वा मानपुरका रामबाबु मुखिया, कटहरीया नगरपालिका–२ जमुनिया टोलका मोक्तार देवान र मौलापुर नगरपालिका–८ सोनरनियाका गोलु भन्ने नरेन्द्र पटेलको पनि सिँचाइ गर्ने क्रममा करेन्ट लागेर ज्यान गएको थियो ।
विद्युतीय तार र मेशिनको मर्मत–सम्भारमा लापरबाही, भिजेको अवस्थामा काम गर्ने बानी, र आवश्यक सुरक्षा उपकरणको अभावले दुर्घटनाको जोखिम बढाएको प्रहरी उपरीक्षक गिरीले बताए ।
त्यस्तै, गत आर्थिक वर्ष २०८१/८२ मा मात्र मधेस प्रदेशमा करेन्ट लागेर ११९ जनाको मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका एसएसपी शान्तिराज कोइरालाले जानकारी दिए । मृतकमध्ये ८४ जना पुरुष, १८ जना महिला, १३ जना बालक र चार जना बालिका रहेको उनले बताए ।
रौतहट । रौतहटमा खेतमा सिँचाइका लागि विद्युतीय मोटर प्रयोग गर्ने क्रममा करेन्ट लागी मृत्यु हुने घटना बढ्दै गएको छ। विद्युतीय सुरक्षामा आवश्यक सावधानी नअपनाउँदा किसानहरू दुर्घटनामा परिरहेका छन्। केवल साउन महिनाभित्रै चार किसानले ज्यान गुमाएका छन्। गत बिहीबार दिउँसो परोहा नगरपालिका–६ बसन्तपट्टी टोलका १६ वर्षीय राहुल कुमार पण्डितको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए। यसअघि माधव नारायण नगरपालिका–४ बिसनपूर्वा मानपुरका रामबाबु मुखिया, कटहरीया नगरपालिका–२ जमुनिया टोलका मोक्तार देवान र मौलापुर नगरपालिका–८ सोनरनियाका गोलु भन्ने नरेन्द्र पटेलको पनि सिँचाइ गर्ने क्रममा करेन्ट लागेर ज्यान गएको थियो। विद्युतीय तार र मेशिनको मर्मत–सम्भारमा लापरबाही, भिजेको अवस्थामा काम गर्ने बानी, र आवश्यक सुरक्षा उपकरणको अभावले दुर्घटनाको जोखिम बढाएको प्रहरी उपरीक्षक गिरीले बताए। त्यस्तै, गत आर्थिक वर्ष २०८१/८२ मा मात्र मधेस प्रदेशमा करेन्ट लागेर ११९ जनाको मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका एसएसपी शान्तिराज कोइरालाले जानकारी दिए। मृतकमध्ये ८४ जना पुरुष, १८ जना महिला, १३ जना बालक र चार जना बालिका रहेको उनले बताए।