सप्तरी । खडक नगरपालिका–९ लालपट्टी घर भएकी ७० वर्षीया भुलुरबती साह सर्पदंशबाट मृत्यु भएकी छन् ।
शुक्रबार साँझ करिब ६ बजे आफ्नै खेतमा पानी पठाउने क्रममा सर्पले उनको बाँया हातमा टोकेको परिवारले जनाएको छ ।
घाइते साहलाई तत्कालै श्रीबरख गण सर्पदंश उपचार केन्द्र, कल्याणपुरमा ल्याइएको र सामान्य उपचारपछि थप उपचारका लागि सिराहाको कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल पठाइएको थियो । अस्पतालमा चिकित्सकले उनलाई शुक्रबार राति मृत घोषणा गरेका हुन् ।
मृतकको शव सोही अस्पतालमै राखिएको र घटनाबारे जानकारी पाएसँगै इलाका प्रहरी कार्यालय कल्याणपुरबाट प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
भिडियाे सामाग्री