सर्लाही | सर्लाहीमा एक जना शिक्षकको गोली हानी हत्या भएको छ। प्रहरीले जानकारी दिएको छ कि रामपुकार यादवमाथि हतियारधारीले गोली प्रहार गरेका थिए ।
शिक्षक यादवमाथि राति करिब साढे ८ बजे घर अगाडि मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेर भागेका थिए । टाउकोमा गोली लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि महोत्तरीको रामगोपालपुरस्थित जानकी एकेडेमिक हस्पिटल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
गोली प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन्, तर प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन । उनी गोली प्रहार गरी भाग्ने क्रममा मोटरसाइकल दुर्घटनामा परेका थिए । पक्राउ परेका व्यक्ति पनि दुर्घटनामा गम्भीर घाइते भएका छन् र सर्लाहीको लालबन्दीस्थित मोडेल अस्पतालबाट थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।
घटनामा संलग्न अन्य केही व्यक्ति भने फरार रहेका छन्। प्रहरीले उनीहरूको खोजी कार्य जारी राखेको छ ।
भिडियाे सामाग्री