सप्तरी | सप्तरीको रूपनी गाउँपालिका–१, रायपुर घर भएकी एक महिलाले आफ्नै २० दिने शिशुको हत्या गरेको घटना सार्वजनिक भएको छ ।
खडक नगरपालिका–८, बगोल भदियामा बस्दै आएकी ३० वर्षीया आइसा खातुनले मानसिक सन्तुलन गुमेको अवस्थामा धारिलो खुकुरी प्रहार गरी आफ्नै छोराको हत्या गरेकी हुन् ।
प्रहरीका अनुसार खुकुरी प्रहारबाट गम्भीर घाइते भएका शिशुलाई उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
घटनापछि खुकुरीसहित आइसालाई नियन्त्रणमा लिइएको थियो । प्रारम्भिक स्वास्थ्य परीक्षणमा मानसिक सन्तुलन ठिक नभएको देखिएपछि उनलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।
आइसालाई उपचारका लागि आमा र भाइसँगै प्रहरी सहायक निरीक्षक हरिराज सिंहको कमान्डमा तीन जना प्रहरी समेत पठाइएको छ । मृत शिशुको शव कोसी अस्पताल विराटनगरमा परीक्षण पश्चात माइजु सचिला खातुनले बुझेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
भिडियाे सामाग्री