महोत्तरी | जलेश्वर कारागारमा पुर्पक्षमा रहेका एक कैदीबन्दीको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा गौशाला नगरपालिका–५ घर भई हाल बर्दिबास नगरपालिका–१४ शुभम बस्ती टोलमा बस्दै आएका ६० वर्षीय राजकिशोर साह रहेका छन् । जिल्ला कारागार महोत्तरीका प्रमुख अशोककुमार क्षेत्रीले जानकारी दिनुभयो ।
शनिबार राति अचानक बेहोस भएका साहलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको कारागार प्रमुख क्षेत्रीले जानकारी दिनुभयो। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ ।
भिडियाे सामाग्री