सप्तरी । राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका–११, लङ्काटोलका करिब ३३ वर्षीय मो. खुर्शिद आलम रहेका छन् । सोमबार राजविराजबाट काठमाडौँ जान लागेका आलमको साथबाट साउदी रियाल ३५ हजार ९७६ बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।
उनको साथमा बरामद रकमको वैधताको पुष्टि नभएकाले आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय, इटहरी सुनसरीमा बुझाउन कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
भिडियाे सामाग्री