वीरगंज | श्रीसिया स्थित मानवसेवा आश्रममा सोमबार (भाद्र २, २०८२) पूर्व मन्त्री तथा संघीय सांसद माननीय रमेश रिजाल ज्युले अवलोकन भ्रमण गरी बिहानको भोजन सेवामा योगदान दिनुभएको छ। उहाँले आगामी दिनमा आफैंबाट हुन सक्ने सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
आजको कार्यक्रममा मानवसेवा आश्रम वीरगंजका संस्थापक अभियन्ता देवेश गुप्ता ज्यु, अभिभावक–सामाजिक अभियन्ता प्रकाश थारु ज्यु, पूर्व मन्त्री तथा संघीय सांसद रमेश रिजाल ज्यु, नेपाली कांग्रेस पर्साका कोषाध्यक्ष प्रेम थापा ज्यु, तथा JCI BIRGUNJ का अध्यक्ष सरोज चौरसिया ज्युको उपस्थिती रहेको थियो ।
यस अघि, उहाँ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री हुँदा विभिन्न सहयोगी दाताको सहयोगमा आश्रमलाई एक पिकअप गाडी पनि उपलब्ध गराइएको थियो ।
भिडियाे सामाग्री