जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार राति मधेश प्रदेश, कोशी र गण्डकीका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।
विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ भएकाले नेपालमा मनसुन केही कमजोर रहेको छ । यस कारण देशका धेरै स्थानमा वर्षाको सम्भावना कम भए पनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने जारी छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहने विभागले जनाएको छ । त्यस्तै, ती प्रदेशका थोरै स्थानमा र तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । मधेशसहित कोशी, बागमती र गण्डकीका तराई तथा पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षा र कोशी तथा गण्डकीका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।
भिडियाे सामाग्री