सप्तरी । राजगढ गाउँपालिका–५ का वडाध्यक्ष देवेन्द्र साहको ७० वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगबाट पीडित उनको उपचारका क्रममा चितवनको भरतपुर क्यान्सर अस्पतालमा बुधबार बिहान निधन भएको हो, सोही गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले जानकारी दिइन् ।
जनता समाजवादी पार्टीबाट निर्वाचित साह तीन वर्षदेखि क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । उनको परिवारमा दुई छोरा र तीन छोरी रहेका छन् ।
भिडियाे सामाग्री