सिराहा जिल्लाको विष्णुपुर गाउँपालिका–१ बाट करिब ७ ग्राम ३१० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको टोलीले बुधबार दिउँसो प्र.२–०१–००१ज ००४३ नम्बरको विङ्गर जाँच गर्ने क्रममा उक्त पदार्थ बरामद गरेको हो । सो विङ्गरमा सवार मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१५ बस्ने ३८ वर्षीय दिनेश सुनारसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भिडियाे सामाग्री