पर्सा | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा–३ का सभापतिमा मनोज कुर्मी चयन भएका छन् ।
आज बिरगंजस्थित कन्ट्री इन होटलमा रास्वपा पर्सा जिल्ला समितिले आयोजना गरेको निर्वाचन क्षेत्र पुनर्गठन तथा पदपुर्ती कार्यक्रममा पोखरिया निबासी मनोज कुर्मीलाई सभापति चयन गरिएको हो । लामो समय शिक्षण पेशामा रहेका कुर्मीले आफ्नो राजनीतिक यात्रा नेपाल विद्यार्थी संघबाट सुरु गरेका थिए ।
कुर्मीलाई १ वर्षअघि रास्वपा संगठन विभागका सचिव शंकर श्रेष्ठ र पर्सा जिल्ला सभापति हरि पन्तले पार्टीमा प्रवेश गराएका थिए ।
उक्त कार्यक्रममा समितिले सात सदस्यीय संरचना गठन गरेको छ। उपसभापतिमा महेन्द्र नारायण दास र सुजित कुमार, सचिवमा राकेश गुप्ता र तीन क्षेत्रीय सदस्य रहने गरी समिति गठन गरिएको छ ।
पर्सा जिल्ला सभापति हरि पन्तले भने, “क्षेत्रीय समितिहरू पार्टीको मेरुदण्ड हुन् । क्षेत्रीय विस्तारले जिल्लामा पार्टीलाई बलियो बनाउँछ।” उनले तीनवटा क्षेत्र गठन भइसकेको र आगामी शनिबार ठोरिमा क्षेत्र–४ को भेला मार्फत त्यहाँ पनि क्षेत्र गठन हुने जानकारी दिएका छन् ।
आजको भेलामा केन्द्रिय सदस्य डा. नन्दन यादव, प्रदेश सदस्य सब्बु कंडेल, पुरुषोत्तम देब, प्रमोद साहनी, जिल्ला उपसभापति तुलसा पौडेल, सचिव सुदिश प्रजापति र कोषाध्यक्ष दिलिप कुर्मी लगायतको उपस्थिती रहेको थियो ।
भिडियाे सामाग्री