जनकपुरधाम । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले मधेश प्रदेशमा विद्युत् आपूर्ति प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको मधेश प्रदेशमा विद्युत आपूर्तिको अवस्था बुझ्न बिहीबार जनकपुर पुगेका मन्त्री खड्काले सिँचाइको आवश्यकतालाई ध्यानमा राखेर विद्युत् व्यवस्थित ढंगले वितरण गर्न निर्देशन दिएका हुन् ।
उनले मधेश प्रदेशमा विद्युत चोरी बढ्दो समस्या भएको भन्दै यसलाई नियन्त्रण गर्न आवश्यक कदम चाल्नुपर्नेमा जोड दिएका छन् । साथै, पुराना ट्रान्समिसन लाइन र ट्रान्सफर्मर मर्मत गर्न पनि निर्देशन दिएका छन् ।
मन्त्री खड्काले सहज र सुरक्षित ढंगले विद्युत् आपूर्ति गर्दै सुख्खा याममा सिँचाइका लागि आवश्यक विद्युत् उपलब्ध गराउन आग्रह गरे । धान रोपाइँ सकिएपछि देखिने पानीको अभावलाई ध्यानमा राखेर नहर निर्माण तथा पुराना संरचनाको दुरुस्तीमा जोड दिनुपर्ने पनि उनले बताए ।
भिडियाे सामाग्री