रौतहट । प्रादेशिक अस्पताल गौरले गत आर्थिक वर्ष ०८१/०८२ मा एक लाख ६० हजारभन्दा बढी बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ ।
अस्पतालका अनुसार सो अवधिमा कुल १ लाख ६० हजार ८६२ जना बिरामीले २३ प्रकारका स्वास्थ्य सेवामार्फत उपचार प्राप्त गरेका हुन् ।
नि. मेडिकल सुपरिडेन्ट डा. मुरारी ठाकुरका अनुसार इमरजेन्सी सेवाअन्तर्गत २२ हजार ११९ जना, बहिरङ्ग (ओपीडी) सेवा ४४ हजार ९१० जना, प्रयोगशाला (ल्याब) सेवा २५ हजार ६२४ जना, फार्मेसी सेवा २६ हजार ७०७ जना, एक्सरे सेवा १४ हजार ६२० जना, प्रसूति सेवा ४०१ जना र अल्ट्रासाउन्ड सेवा ४७७४ जनाले सुविधा लिएका छन् ।
डा. ठाकुरले स्वास्थ्य उपचारसँगै सरसफाइ, खानेपानी र अस्पताल व्यवस्थापनमा सुधारसँगै बिरामीको चाप निरन्तर बढ्दै गएको बताए ।
यसैगरी, अस्पताल विकास समितिका अध्यक्ष मो. अनवर हासमीका अनुसार व्यापक सुधार र सेवाको स्तर बढाइएपछि गौर प्रादेशिक अस्पताल अहिले मधेश प्रदेशकै उत्कृष्ट अस्पतालमध्ये एकको रुपमा स्थापित भएको छ ।
भिडियाे सामाग्री