पर्सा | चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा वीरगञ्ज भन्सार नाकाबाट ६८ अर्ब १७ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार, यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को साउन महिनाको तुलनामा ८ अर्ब ११ करोड रुपैयाँले बढी हो। गत वर्षको सोही महिनामा ६० अर्ब ६ करोड बराबरको सामान आयात भएको थियो ।
यसैगरी, चालु आर्थिक वर्षको साउनमा निर्यात पनि उल्लेख्य रूपमा बढेको छ। यो अवधिमा ८ अर्ब ४५ करोड रुपैयाँ बराबरको सामान विभिन्न मुलुकमा निर्यात भएको छ। गत वर्षको साउनमा भने ३ अर्ब ५ करोड रुपैयाँको मात्र निर्यात भएको थियो ।
भन्सार कार्यालयका अनुसार, चालु वर्षको साउनमा १८ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन भएको छ। गत वर्षको सोही महिनामा १५ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
भिडियाे सामाग्री