स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा आज सुन प्रतितोला रु १,५०० र चाँदी प्रतितोला रु ५ ले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु १ लाख ९८ हजार ७०० तोकिएको छ । त्यस्तै, चाँदी प्रतितोला रु २,३६० मा खरिद–बिक्री भइरहेको छ ।
सोमबार एक तोला सुन रु १ लाख ९७ हजार २०० मा र चाँदी प्रतितोला रु २,३५५ मा कारोबार भएको थियो ।
यस्तै, अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस ३,३७२ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।