सिरहा । सिरहा जिल्लाको लहान नगरपालिका–१९, कटाहा चोकबाट सशस्त्र प्रहरीले भन्सार छलीको लत्ताकपडासहित एक भारतीय स्कारपियो गाडी नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेस लहानका अनुसार बिहीबार बीआर ०१ पीबी ४६४२ नम्बरको भारतीय स्कारपियोमार्फत नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा बरामद गरिएको हो । बरामद सामानको मूल्य करिब ७ लाख रुपैयाँभन्दा बढीको रहेको र गाडीसहित करिब १५ लाख रुपैयाँ बराबर हुने बताइएको छ ।
गस्ती टोलीले गाडी रोकेर जाँच गर्ने क्रममा चालकले तीव्र गतिमा केही पर लगेर बाटोछेउमा छाडेर फरार भएको प्रहरीले जनाएको छ । बरामद लत्ताकपडा र गाडी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय ठाडीमा बुझाइएको छ ।
भिडियाे सामाग्री