सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–८, खतिवडा चोकबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।
जिल्लाको चुरेवर्ती क्षेत्र लालबन्दी नगरपालिका–१४, नारायणखोला कामिटारका २० वर्षीय सन्ते ब्लोन गाँजासहित पक्राउ परेका हुन् । चुरेभेगबाट गाँजा ल्याइँदै गरेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार नारायणखोलाबाट पत्थरकोट हुँदै लालबन्दीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४२ प ४०५३ नम्बरको मोटरसाइकल रोक्न खोज्दा सवार दुई युवक भाग्ने प्रयास गरेका थिए । मोटरसाइकल र झोला छाडेर खेततर्फ भागेका तीमध्ये कामिटारका ब्लोनलाई नियन्त्रणमा लिन सफल भएको र अर्का युवक भने फरार भएको प्रहरीले जनाएको छ ।
भाग्दाभए फालिएको झोलाबाट पाँचवटा पोकामा राखिएका २७ केजी गाँजा बरामद गरिएको छ । पक्राउ परेका ब्लोनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको र फरार युवकको खोजी जारी रहेको प्रहरी निरीक्षक जोहारीले बताउनुभयो ।
भिडियाे सामाग्री