वीरगंज | हैजा महामारीको बेला खानेपानी मन्त्री प्रदीप यादवसँग फोनमा कुरा नगरेको आरोप लगाउँदै चर्काचर्की गरेकी किरण साहलाई प्रहरीले पक्राउ गरेको छ ।
पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार मन्त्री यादवका स्वकीय सचिव मुकेश साहको उजुरीको आधारमा किरण साहलाई पक्राउ गरिएको हो । वीरगंज मुर्ली निवासी किरण साहले खानेपानी मन्त्री यादवले जडान गराएका डिप बोरिङ नालासँगै भएको लापरबाहीका कारण हैजा र झाडापखाला फैलिएको आरोप लगाउँदै फोनमै मन्त्रीसँग चर्काचर्की गरेकी थिइन् ।
हाल हैजा र झाडापखालाका कारण ६ सय बढी नागरिक संक्रमित भई उपचार गराइरहेका छन् भने किरण साहका घरका चारजना सदस्य उपचाररत छन् । आईसियूमा उपचाररत परिवारको स्तरीय उपचार नभएको, खानेपानी पाइप जडान गर्दा चेकजाँच नगरेको लापरवाही गरेको भन्दै मन्त्री यादवसँग लोकझोक गरेकी थिईन् । साहले पीडित परिवारको पीडा र दु:खकष्टप्रति जनप्रतिनिधिहरू संवेदनशील नभएको भन्दै असन्तोष व्यक्त गर्दै आक्रोशमा फोन गरेको बताइएको छ ।
उनका अनुसार आफ्नै परिवारका चार सदस्य अहिले आईसीयूमा जीवन–मरणको सङ्घर्ष गरिरहेका छन् ।
भिडियाे सामाग्री