जनकपुरधाम । उपमहानगरपालिका वडा नम्बर २० झण्डाचोकमा गणेश पूजाको मूर्ति विसर्जनलाई लिएर दुई समुदायबीच झडप भएको छ ।
स्थानीय एक समुदाय बस्तीमा मूर्ति विसर्जनको क्रममा विवाद उत्पन्न हुँदा दुवै पक्षबीच ढुङ्गा मुढासँगै झडप भएको हो । झडप नियन्त्रणमा लिन प्रहरीले चार सेल अश्रु ग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुण बहादुर सिंहले जानकारी दिए ।
हाल त्यहाँको अवस्था तनावग्रस्त रहेको र अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई बाक्लो मात्रामा परिचालन गरिएको छ । झडपमा घाइते भएकाको विवरण अहिलेसम्म प्रहरी समक्ष नआएको डिएसपी सिंहले जानकारी दिनुभयो ।
भिडियाे सामाग्री