सिराहा । सिरहामा शनिबार करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले यसबारे जानकारी दिएको छ ।
सिरहा नगरपालिका–४ रमौल बस्ने १५ वर्षीय मो. अम्माद आफ्नै घरको कलमा जडान गरिएको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका थिए । प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा उनकी मृत्यु भएको हो ।
त्यसैगरी, लहान नगरपालिका–१९ कटहा बस्ने ४० वर्षीय कमकलाल सदाय पनि आफ्नै घरमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । कामना अस्पताल लहानमा उपचारको क्रममा उनको मृत्यु भएको छ ।
नेपाल प्रहरीले घटनासँग सम्बन्धित आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।
भिडियाे सामाग्री