दुर्गा भगवती गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि रु. ४३ करोड ६१ लाख २६ हजार १७ रुपैयाँ १७ पैसाको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाको गंगापिपरा स्थित कार्यालयमा आयोजित नवौं गाउँसभामा प्रमुख प्रशासनिक अधिकृत नवीन कुमार श्रीवास्तवले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी सिर्जना र सामाजिक सुरक्षासम्बन्धी योजनाहरू समावेश गरिएको बजेट सार्वजनिक गरेका थिए ।
बजेट प्रस्तुत गर्दै प्रमुख प्रशासनिक अधिकृत नवीन कुमार श्रीवास्तवले यसको विस्तृत विवरण गाउँपालिकाको आधिकारिक वेबसाइटमार्फत हेर्न सकिने जानकारी दिएका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्भू सिंहले भने, "स्थानीय जनताको सक्रिय सहभागिता र सुझावका आधारमा नीति तथा कार्यक्रम तयार पारिएको छ । सुझावहरूको कार्यान्वयन र अनुगमनमार्फत बजेटलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाइन्छ ।"
गाउँपालिकाले बजेट सार्वजनिकसँगै आगामी वर्षका योजना तथा कार्यक्रमहरूमा सबै नागरिकको सहभागिता र पारदर्शिता सुनिश्चित गरिने जनाएको छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्भू सिंह, उपाध्यक्ष शिला देवी, वडा अध्यक्ष सुरेश चौधरी, कार्यपालिका सदस्य डी.के. झा, रमानन्द यादव, धर्मनाथ चौधरी, साथै विभिन्न स्थानीय नागरिकको उपस्थिति रहेको थियो ।