वीरगंज । मानवसेवा आश्रम, वीरगञ्ज शाखाले पर्सा जिल्ला, बिरगंज महानगरपालिका–१४, चिनिमिल आवास क्षेत्र, पर्यटन विकास कार्यालय अगाडि एकजना पुरुष उद्धार गरेको छ । उद्धार गरिएको पुरुष आफ्नो नाम र थर प्रष्ट रूपमा बताउन नसक्ने अन्दाजी ३५ वर्षका छन्। उद्धार सोमबार दिउँसो करिब २:४५ बजे गरिएको हो ।
उद्धार कार्यमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ताज्यू, अभिभावक–सामाजिक अभियन्ता प्रकाश थारुज्यू, अभिभावक परिवार संयोजक तथा बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम ज्यु, आश्रमका केन्द्रीय सदस्य विवेक महतो ज्यु, प्रहरी चौकी गण्डकका प्रहरी हवल्दार लाल बाबु प्रसाद कुशवाहा ज्यु र आश्रमका स्वयंसेवक दीपान्सु पटेल, सरोज बि.क र दिपेन्द्र चौधरी ज्युको उपस्थिति रहेको थियो ।
आश्रम ल्याएपछि उद्धार गरिएका पुरुषको सरसफाई गरी नुहाइ धुहाइ गरिएको छ। त्यसपछि डाक्टर भरत गोईको निगरानीमा औषधि उपचार सुरु गरिने आश्रमले जानकारी दिएको छ ।