नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३ हजार ९ सय रुपैयाँले बढेर २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँ थियो । आज कायम भएको मूल्य नेपालमा हालसम्मकै उच्च मूल्य हो ।
यसैबिच, चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ६६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार २ हजार ६८० रुपैयाँ पुगेको छ ।