सप्तरीको सुरुङ्गा नगरपालिका–२ स्थित हर्दियाको पोखरीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थान निवासी सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ वर्षीया छोरी आशकी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार बालिकाहरू नुहाउने क्रममा पोखरीमा डुबेका थिए। घटनाबारे जानकारी पाएपछि स्थानीयवासीको सहयोगमा शव निकालिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।