सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका–९ स्वर्णपट्टी टोल घर भएका ५० वर्षीय हंसलाल यादव पोखरीमा डुबेर मृत फेला परेका छन् ।
बिहीबार साँझ घरबाट निस्केका यादव घर फर्किएनन् । उनका परिवारले खोजी गर्दा शुक्रबार घर नजिकैको सार्वजनिक पोखरीमा उहाँको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।
उहाँले घटनास्थल सुरक्षित राखेर थप अनुसन्धान भईरहेको जानकारी दिनुभयो। घटनाको कारणबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।