वीरगंज । बहुवरीबाट एकजना करिब ३० वर्षीया गर्भवती महिला उदार पहलका माध्यमबाट मानवसेवा आश्रम, वीरगंजमा ल्याइयो । शनिबार राति ९ बजे वडा प्रहरी कार्यालयका प्र.स.नी भुलेंद्र गिरि, आश्रमका अभिभावक तथा सामाजिक अभियन्ता प्रकाश थारुले महिला आश्रममा ल्याउन सहयोग गरेका हुन् ।
मानवसेवा आश्रम, वीरगंजका संस्थापक अभियन्ता देवेश गुप्ताका अनुसार महिला आफ्नो नाम, थर र घरको ठेगाना स्पष्ट रूपमा बताउन सकिनन् । यसकारण आश्रममा ल्याएर उनको सुरक्षाको व्यवस्थासहित स्वास्थ्य र मानसिक उपचार सुरु गरिएको छ ।
महिला अहिले नारायणी अस्पतालमा हेमा थापा ज्युको निगरानीमा गर्भावस्थासम्बन्धी उपचारमा छन् भने मानसिक स्वास्थ्यको उपचार डा. भरत गोइतले गर्नुहुनेछ ।