सर्लाहीको हर्दी नदी किनारमा माटोको ढिस्कोमा पुरिँदा महोत्तरीका चारजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथाना बस्ने ६५ वर्षीया सायदा खातुन, सोही ठाउँका अल्लाउदिन मंसुरका ८ वर्षीय छोरा डिल्लु मंसुर, नसरुल शेखकी ९ वर्षीया छोरी नर्गिस खातुन र बेधु मंसुरकी ६ वर्षीया छोरी सविवा खातुन रहेको प्रहरीले जनाएको छ ।
स्थानीयवासीका अनुसार हर्दी नदी किनारमा खेलिरहेका बालबालिका र वृद्धा अकस्मात माटोको ठूलो ढिस्कोमा पुरिएका थिए । तत्काल उद्धार गरी अस्पताल लैजाने प्रयास भए पनि चारै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले पुष्टि गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।