जनकपुरधाम | नेकपा (एमाले) ले मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार गरिएको निर्णय अनुसार एमालेले अब सिंह नेतृत्वको सरकारसँग सहकार्य सम्भव नरहेको जनाएको छ ।
एमालेको भनाइ अनुसार, मुख्यमन्त्री सिंहको नेतृत्वमा बनेको सरकारले जनअपेक्षा अनुसार काम नगरेको र राजनीतिक नैतिकता गुमाएको छ । सरकार सुशासन र विकासका पक्षमा असफल भएको हुँदा एमाले मजबूरीमा समर्थन फिर्ता लिनु परेको बताइएको छ ।
एमालेको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री सिंह नेतृत्वको मधेश प्रदेश सरकार अल्पमतमा परेको छ। यसअघि नेपाली कांग्रेसले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।
प्रदेश राजनीतिक दलहरू बीचको समर्थन फिर्ता र अल्पमतको अवस्थाले मधेश सरकारमा राजनीतिक अस्थिरता थपेको विश्लेषकहरूले बताएका छन् ।
भिडियाे सामाग्री