काठमाडौँ | मधेश प्रदेशमा नयाँ सरकार निर्माणका लागि राजनीतिक दलहरूबीच संवाद सुरु भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरबीच नयाँ सरकार निर्माण सम्बन्धी सहकार्यका सन्दर्भमा छलफल भएको हो ।
अध्यक्ष ठाकुरले जानकारी दिँदै भन्नुभयो, “सङ्घीय सरकारमा सहकार्य गर्दा मधेश प्रदेशमा लोसपा नेपाललाई मुख्यमन्त्री दिने समझदारीअनुसार छलफल थालिएको हो, तर कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन सहयोग मागेको छ। छलफल चलिरहेको छ ।”
मधेश प्रदेशमा नेपाली कांग्रेसले मुख्यमन्त्री सतीषकुमार सिंहको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । यसपछि सरकार अल्पमतमा परेको छ। प्रदेश सभामा कायम रहेको १०७ सदस्यसंख्यामध्ये बहुमत कायम गर्न ५४ सदस्यको समर्थन आवश्यक पर्छ । दलहरू आफ्नो पक्षमा बहुमत जुटाएर नयाँ सरकार बनाउन प्रयासरत छन् ।
भिडियाे सामाग्री