रौतहट । रौतहटको धरहरीस्थित जय किसान माध्यमिक विद्यालयका प्रधानाध्यापक घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विद्यालयका प्रधानाध्यापक सञ्जय प्रसादलाई घुससहित नियन्त्रणमा लिएको हो ।
शिक्षक नियुक्तिका लागि विद्यालयले खुलाएको विज्ञापनमा रितपूर्वक दर्खास्त दिएकी एक उम्मेदवारसँग प्रधानाध्यापक प्रसादले बिचौलियामार्फत घुस मागेको आरोप अख्तियारले जनाएको छ । सो क्रममा घुस लिने प्रक्रियामा संलग्न बिचौलिया अरविन्द प्रकाश साह कानुलाई समेत पक्राउ गरिएको छ ।
अख्तियारको टोलीले उनीहरूलाई घुस लिएकै अवस्थामा वीरगन्ज नगरपालिका–१३, अदालत रोडमा रहेको एक होटलबाट नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ ।