वीरगंज | पर्सा प्रहरीले श्रोत नखुलेको ४ लाख ३४ हजार रुपैयाँ सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाका आधारमा आइतबार (२०७२ असोज २६ गते) दिउँसो करिब १२ बजे वीरगंज महानगरपालिका–१०, अदर्शनगरस्थित नविल बैंक अगाडिको सडक खण्डमा संकास्पद रूपमा हिँडिरहेको एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उनलाई रोकी सोधपुछ गर्दा, उनले लगाएको सेतो जिन्स प्यान्टको खल्तीमा नेपाली ५०० रुपैयाँ दरका ८६८ थान नोट, जम्मा रु. ४ लाख ३४ हजार फेला परेको प्रहरीले जनाएको छ ।
स्रोत नखुलेको हुनाले उक्त नगद रकम कानून बमोजिम बरामद गरिएको र युवकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
उनविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) बमोजिम “हुण्डी सम्बन्धी कारोबार गर्न नहुने” कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्ति हुन्
वीरगंज महानगरपालिका–१६ बस्ने १९ वर्षीय विकशन यादव ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक विश्वर लम्सालका अनुसार पक्राउ परेका यादवको विषयमा आर्थिक अपराध अनुसन्धानका थप विवरण संकलन भइरहेको छ ।