जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलमाथि महाभियोग दर्ता गरिएको छ। पदिय आचरण विपरीत कार्य गरेको आरोप लगाउँदै सभामुखमाथि महाभियोग दर्ता गरिएको हो ।
७ दलका ७४ जना प्रदेशसभा सदस्यले संयुक्त रूपमा महाभियोग दर्ता गराएका छन्। नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी र नेकपा (माओवादी केन्द्र) का सांसदहरूले महाभियोग दर्ता गरेका हुन् ।
निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने क्रममा उत्पन्न विवादका कारण सात दलले सभामुख मण्डलमाथि महाभियोग दर्ता गरेका हुन् ।