जनकपुरधाम । मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले आह्वान गरेको सर्वदलीय बैठक आज दिउँसो तीन बजे बस्न लागेको थियो । तर सात दलीय गठबन्धनले बैठक बहिष्कार गरेको छ ।
बैठकमा वर्तमान मुख्यमन्त्री सरोज कुमार यादव सहभागी हुने भएका कारण अन्य दलहरूले बहिष्कार गरेको बताएका छन् । यादव नेकपा एमाले संसदीय दलको नेताको हैसियतले बैठकमा उपस्थित थिए ।
जसपा नेपालका प्रमुख सचेतक राम अशिष यादवले बताए अनुसार, वर्तमान मुख्यमन्त्री असंवैधानिक रूपमा नियुक्त भई होटेलमा सपथ खाएका छन्। “बैठकमा वर्तमान मुख्यमन्त्री पनि सहभागी हुन्छन् । उनी असंवैधानिक तरिकाले नियुक्त भएकाले हामीले सर्वोच्च अदालतमा रिट गरेका छौँ र सुनवाई हुन बाँकी छ,” उनले भने ।
उनले थपे, “त्यसकारण विवादित मुख्यमन्त्री उपस्थित बैठकमा सात दलीय गठबन्धनले बहिष्कार गरेको हो ।”