वीरगञ्ज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजकमा वरिष्ठ पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन् ।
महानगरका मेयर राजेशमान सिंहले नेपाललाई सो जिम्मेवारी प्रदान गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन् । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका वरिष्ठ पत्रकार शत्रुघ्न नेपाल प्रतीक दैनिकमा कार्यरत हुनुहुन्छ । उहाँकाे अनुभव, निष्ठा र व्यावसायिक क्षमताप्रति विश्वास राख्दै महानगरले जिम्मेवारी दिएको जनाइएको छ । बरिष्ठ पत्रकार नेपाल पत्रकार महासंघकाे दुइ दुइ पटक पर्साकाे अध्यक्ष, चाैतारीकाे केन्द्रीय कमिटि लगायतमा अनुभव विताइसक्नु भएकाे छ ।
महानगरका अनुसार सञ्चार क्षेत्रमा सकारात्मक प्रवर्द्धन, अनुगमन तथा समन्वयका काममा समितिले प्रभावकारी भूमिका निर्वाह गर्नेछ ।