वीरगंज–१६ फूलबारी टोलमा मंगलबार साँझ पुरानो विवादका कारण झगडा भएको छ । साढे ६ बजे भएको घटनामा १८ वर्षीय सुरज महतो चक्कु प्रहारबाट घाइते भएका छन् ।
घाइते महतोलाई उपचारका लागि नारायणी अस्पताल भर्ना गरिएको छ । उनको पेटमा करिब १ इन्च गहिरो घाउ लागेको छ र उनको अवस्था अहिले खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको छ ।
घटनामा संलग्न तीन जना फरार रहेका छन् । उनीहरू हुन्– २० वर्षीय सोनी श्रीवास्तव, उनका भाइ १८ वर्षीय मोनु श्रीवास्तव र २२ वर्षीय विक्की पटेल । पर्सा प्रहरीले उनीहरूको खोजतलास जारी राखेको छ ।
पर्सा प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार फरार अभियुक्तहरूलाई छिट्टै पक्राउ गर्ने प्रयास भइरहेको छ ।