काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा आज साँझ भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भई उपचाररत काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी निवासी अर्जुन लामिछानेको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको हो ।
यसअघि बाँकेको कोहलपुर घर भई हाल बुढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ घर भई बुढानीलकण्ठ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बु, सिराहा घर भई पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता तथा पाँचथर घर भई हाल गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बुको मृत्यु भएको थियो ।
प्रहरीका अनुसार बुधबार साँझ शङ्खरापुर नगरपालिका–३ फेदी जङ्लस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ वनभोज गएर फर्कँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो ।
दुर्घटनाका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।