सर्लाहीको मलंगवा नगरपालिका–९ निमगासीस्थित सडकबाट स्रोत नखुलेको ५ लाख ५० हजार रुपैयाँ नगदसहित दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सर्लाहीकै कौडेना गाउँपालिका–७ सक्रौल निवासी २३ वर्षीय अर्जुन बरही र ४६ वर्षीय संजय साह रहेका छन् ।
प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० एसी २६०५ नम्बरको मोटरसाइकल जाँचका क्रममा उनीहरूको साथबाट उक्त नगद रकम बरामद गर्दै पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बरामद गरिएको नगद रकमको स्रोत खुल्न नसकेपछि दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।