तमलोपाका पूर्व पर्सा जिल्ला सभापति तथा तत्कालीन गोविन्दपुर गाविसका पूर्व अध्यक्ष योगेन्द्र प्रसाद कुर्मी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
कन्ट्री इन होटलमा आयोजित एक कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरी पन्तले कुर्मीलाई पार्टी प्रवेश गराएका हुन् । कुर्मीसँगै वीरगञ्ज महानगरपालिका वडा नं. १५ का जेन्जी लिडर लालबाबु कुमार यादव पनि रास्वपामा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गराउँदै रास्वपा पर्सा सभापति हरी पन्तले जिल्लामा रास्वपामा प्रवेश गर्नेहरूको लहर नै चलेको दाबी गरे । उनले यसपटक सम्पूर्ण पर्सा जिल्लाबासी एकजुट भएर ‘बलेन सरकार’ बनाउन अघि बढिरहेको उल्लेख गर्दै आगामी निर्वाचनमा रक्सी, मासु र पैसाको जोर नचल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका जिल्ला सचिव सुदिश प्रजापति, क्षेत्रीय सभापतिहरू मनोज कुर्मी र जितेन्द्र मिश्र, पोखरिया नगर सभापति प्रदीप पटेल, संगठन विभागका प्रमोद रायमाझी तथा सोना लाल कुर्मीलगायतको सहभागिता रहेको थियो ।