बारामा आगामी निर्वाचनको सुरक्षाका लागि खटिने निर्वाचन प्रहरीहरूका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका–स्थित रंगशालामा आयोजित कार्यक्रममा प्रहरी नायव महानिरीक्षक गोविन्द थपलियाले निर्वाचनका क्रममा ध्यान दिनुपर्ने आवश्यक विषयहरू, आचारसंहिता पालन तथा मतदान स्थल सुरक्षित राख्ने उपायहरूबारे महत्त्वपूर्ण निर्देशन दिनुभएको थियो ।
उहाँले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन प्रहरीको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुने उल्लेख गर्दै उपस्थित निर्वाचन प्रहरीहरूसँग छलफल गर्नुभएको थियो ।
कार्यक्रममार्फत निर्वाचन सुरक्षामा खटिने प्रहरीहरूलाई जिम्मेवार, सतर्क र निष्पक्ष रूपमा काम गर्न प्रेरित गरिएको आयोजकले जनाएको छ ।