स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले स्रोत सुनिश्चित नगरि जथाभावी खर्च गर्दा स्वास्थ्य बीमा बोर्डमा समस्या देखिएको बताएकी छन् ।
शुक्रबार ललितपुरमा आयोजित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै मन्त्री गौतमले स्रोत सहमति नलिई र स्रोत सुनिश्चित नगरि रकम खर्च गरेको कारण स्वास्थ्य बीमा बोर्डको आर्थिक दायित्व बढेको औँल्याएकी हुन ।
उनले वार्षिक बजेटको परिधि भित्र रहेर कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै चालू आर्थिक वर्षमा सरकारले स्वास्थ्य बीमालाई १० अर्ब रुपैयाँ छुट्टाएको जानकारी दिइन् ।
मन्त्री गौतमले मितव्ययी र स्रोतको सहि सदुपयोग गर्नुपर्ने धारणा व्यक्त गरेकी छन् । साथै, पूर्व जानकारी नदिई अनियन्त्रित रूपमा सेवा विस्तार गर्दै जाने र पैसा माग्ने कुरा उचित नभएको पनि उल्लेख गरिन् ।