शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनता दरबार
  • हामीलाई भन्नुछ
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • जनगुनासो
    • दृष्ट्रिकोण
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #स्वास्थ्य चौकी
  • #प्रहरी निरीक्षक
  • #इन्स्पेक्टर
  • #फेटा घटना
  • #सरकारी कर्मचारीको उद्धार
  • #३८ कर्मचारी
  • #प्रहरीको गोली
  • #वीरगञ्ज समाचार
  • #श्रद्धाञ्जली
यहाँ खोज्नुहोस्
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • सातै प्रदेशमा ट्रमा सेवा विस्तार गर्ने सरकारको तयारी, छुट्टै सेन्टर कि जनरल अस्पतालसँग आबद्धता भन्ने बहस
सातै प्रदेशमा ट्रमा सेवा विस्तार गर्ने सरकारको तयारी, छुट्टै सेन्टर कि जनरल अस्पतालसँग आबद्धता भन्ने बहस
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, मंसिर १०, २०८३
A1 Beakery Add A1 Beakery Add

सडक दुर्घटना तथा विपद्बाट हुने मानवीय क्षति न्यूनीकरण गर्न सरकारले सातै प्रदेशमा ट्रमा सेवा विस्तार गर्ने तयारी गरेको छ । तर, प्रत्येक प्रदेशमा छुट्टै राष्ट्रिय ट्रमा सेन्टर स्थापना गर्ने वा ठूला जनरल अस्पतालसँग आबद्ध ट्रमा केयर सेन्टर विकास गर्ने भन्ने विषयमा बहस सुरु भएको छ ।

राष्ट्रिय ट्रमा सेन्टरको १३औँ स्थापना दिवसका अवसरमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने सरकारको नीति रहेको स्पष्ट पारेकी छन् । उनका अनुसार आवश्यक उपकरण, दक्ष जनशक्ति, बहुविषयगत चिकित्सक टोली र प्रभावकारी व्यवस्थापनसहित प्रादेशिक ट्रमा सेन्टर स्थापना गरिनेछ ।

यसबाट सामान्य तथा मध्यम प्रकृतिका चोटपटकको उपचार प्रदेशस्तरमै सम्भव हुने र गम्भीर अवस्थाका बिरामीलाई उपयुक्त स्वास्थ्य संस्थामा पठाउने (रिफरल) प्रणाली व्यवस्थित हुने मन्त्री मेहताको भनाइ छ ।

मन्त्री मेहताले ट्रमा उपचारलाई शल्यक्रिया र औषधिमा मात्र सीमित नराखी शारीरिक पुनःस्थापना तथा मनोसामाजिक परामर्श सेवालाई समेत संस्थागत गर्ने बताएकी छन् । उनले एम्बुलेन्स सेवा निर्देशिका, २०८२ लागू गरी देशभर एउटै आकस्मिक नम्बर १०२ मार्फत २४ सै घण्टा सेवा उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरेकी छन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

त्यस्तै, राष्ट्रिय ट्रमा सेन्टरको सेवा विस्तार र संस्थागत सुदृढीकरणका लागि मन्त्रालय सकारात्मक रहेको उल्लेख गर्दै उनले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृति र दरबन्दी व्यवस्थापनका विषयलाई छिट्टै टुङ्ग्याइने बताइन् । वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरबीचको सहकार्यलाई थप सुदृढ बनाउने पनि उनको भनाइ छ ।

तर, राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले राजमार्गका विभिन्न स्थानमा छुट्टाछुट्टै ट्रमा सेन्टर स्थापना गर्ने अवधारणाप्रति असहमति जनाएका छन् । उनका अनुसार अहिलेको आवश्यकता नयाँ भौतिक संरचना निर्माण गर्नु मात्र नभई ठूला जनरल अस्पतालसँग आबद्ध र समन्वयमा सञ्चालन हुने ट्रमा केयर सेन्टर विकास गर्नु हो ।

विगतमा संसद् तथा सार्वजनिक लेखा समितिका बैठकमा गजुरी, त्रिशूली, दुम्कीबास, बर्दिबास र लम्कीजस्ता स्थानमा ट्रमा सेन्टर स्थापना गर्नुपर्ने विषय उठेको स्मरण गर्दै डा. मरासिनीले त्यस्तो संरचनाभन्दा स्थापित अस्पतालसँगको समन्वयलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन् ।

उनले वीर अस्पतालको सहयोग र आधारबिना राष्ट्रिय ट्रमा सेन्टर सञ्चालन गर्न कठिन हुने उल्लेख गर्दै ट्रमा केयरलाई केवल भौतिक संरचनाका रूपमा नभई सेवा, प्रविधि र दक्ष जनशक्तिको एकीकृत प्रणालीका रूपमा बुझ्नुपर्ने बताए ।

डा. मरासिनीका अनुसार गुणस्तरीय ट्रमा सेवा सञ्चालनका लागि दक्ष जनशक्ति, आवश्यक उपकरण, रगत, सीटी स्क्यान, आकस्मिक उपचार र तत्काल शल्यक्रिया गर्न सक्ने क्षमता अनिवार्य हुन्छ । त्यसैले प्रदेशस्तरमा छुट्टै संरचना निर्माण गर्नुको सट्टा ठूला जनरल अस्पतालसँग आबद्ध गरेर ट्रमा सेवा विस्तार गर्नुपर्ने उनको सुझाव छ ।

उनले विराटनगरमा कोसी अस्पताल, जनकपुरधाममा प्रादेशिक अस्पताल, वीरगञ्जमा ठूला अस्पताल तथा चितवनमा भरतपुर अस्पतालसँग समन्वय गरेर ट्रमा केयर सेवा सञ्चालन गर्न सकिने उदाहरण दिएका छन् । दुर्घटनास्थल र राजमार्गमै प्राथमिक उपचारको व्यवस्था गर्न सके गम्भीर प्रकृतिका बिरामीलाई मात्र ठूला अस्पतालमा रिफर गर्न सकिने उनको भनाइ छ ।

सरकारले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र ‘ट्रमा सेवा सञ्चालन कार्यविधि, २०७७’ मार्फत नै सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने घोषणा गरेको थियो । तर, घोषणा भएको करिब छ वर्ष बितिसक्दा पनि यसको कार्यान्वयनको स्पष्ट मोडालिटी तय हुन सकेको छैन ।

चिकित्सकहरूका अनुसार प्रादेशिक ट्रमा सेन्टर भन्नाले छुट्टै भौतिक पूर्वाधार, जनशक्ति र व्यवस्थापनसहितको स्वतन्त्र उपचार केन्द्रलाई बुझिन्छ । त्यस्तै, ट्रमा केयर सेन्टर भनेको कोसी, भरतपुर वा प्रादेशिक अस्पतालजस्ता स्थापित जनरल अस्पतालकै संरचनाभित्र रहेर विशेषज्ञ चिकित्सक, ब्लड बैंक, सीटी स्क्यान र आकस्मिक सेवाको समन्वयमा गम्भीर घाइतेको उपचार गर्ने प्रणाली हो ।

‘ट्रमा सेवा सञ्चालन कार्यविधि, २०७७’ को दफा ६ मा बढी दुर्घटना हुने स्थानको नक्साङ्कन गरी पायक पर्ने स्वास्थ्य संस्थामा ट्रमा उपचारको व्यवस्था मिलाउने प्रावधान छ । साथै, जोखिमयुक्त क्षेत्रमा सरकारी, गैरसरकारी, निजी तथा सामुदायिक अस्पतालमार्फत सेवा सञ्चालन गर्ने र लागत साझेदारीमा प्रत्येक प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने व्यवस्था गरिएको छ ।

कार्यविधिमा टेलिमेडिसिन सेवामार्फत उपचारमा सहजीकरण गर्ने, घाइतेको उपचार निःशुल्क वा सहुलियतपूर्ण बनाउने, आर्थिक अभावका कारण कसैलाई उपचारबाट वञ्चित नगर्ने तथा चौबीसै घण्टा सेवा उपलब्ध गराउने व्यवस्था पनि छ । यसका साथै सातै प्रदेश र केन्द्रमा पुनःस्थापना केन्द्र स्थापना गर्ने प्रावधानसमेत समेटिएको छ । तर, यी व्यवस्था पूर्ण रूपमा कार्यान्वयन हुन सकेका छैनन् ।

सडक दुर्घटनाको तथ्याङ्कले पनि देशभर प्रभावकारी ट्रमा सेवा विस्तारको आवश्यकता देखाउँछ । उपलब्ध विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा देशभर २९ हजार १९८ वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा ४४ हजार ४२९ वटा सवारीसाधन संलग्न थिए भने २१ हजार ७ जनाले ज्यान गुमाएका थिए ।

यस्तो अवस्थामा दुर्घटनापछि घाइतेलाई तत्काल उपचार उपलब्ध गराउन प्रमुख राजमार्ग र प्रदेशस्तरमा प्रभावकारी ट्रमा सेवा विस्तार गर्नुपर्ने आवश्यकता थप बढेको छ ।

यसैबीच, राष्ट्रिय ट्रमा सेन्टरबाट एक वर्षको अवधिमा एक लाख २४ हजार ११२ जना बिरामीले उपचार सेवा लिएका छन् । तीमध्ये करिब १९ हजार जनाले आकस्मिक सेवा लिएका थिए भने ६ हजार ७०० जना भर्ना भएर उपचार गराएका थिए ।

सेन्टरमा बिरामीको औसत बसाइ अवधि नौ दिन रहेको छ भने मृत्युदर १ दशमलव ४४ प्रतिशत र बेड अकुपेन्सी दर ९० दशमलव ७३ प्रतिशत पुगेको छ । अर्थोपेडिक्स विभागमा मात्रै सबैभन्दा बढी करिब ८६ हजार बिरामीले सेवा लिएको विवरणमा उल्लेख छ ।

सडक दुर्घटना र विपद्बाट हुने मानवीय क्षति घटाउन ट्रमा सेवा विस्तार आवश्यक देखिए पनि यसको संरचना र सञ्चालन मोडालिटीबारे स्पष्ट निर्णय हुन सकेको छैन । प्रदेशका ठूला अस्पतालसँग आबद्ध भएर सेवा विस्तार गर्ने वा छुट्टै प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने भन्ने विषयमा सरकारले व्यावहारिक निर्णय गर्न सके मात्रै ट्रमा उपचार प्रणाली प्रभावकारी बन्ने देखिन्छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १०, २०८३  ०७:१५
#मधेश प्रदेश #स्वास्थ्य मन्त्रालय #वीरगञ्ज #जनकपुरधाम #स्वास्थ्य सेवा #ट्रमा सेन्टर #प्रादेशिक अस्पताल #दुर्घटना न्यूनीकरण #स्वास्थ्य पूर्वाधार #सडक दुर्घटना
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्वास्थ्य
जबरजस्ती करणी पीडितको गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिने चिकित्सक पनि भ्रष्टाचारमा दोषी ठहरिन सक्ने
जबरजस्ती करणी पीडितको गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिने चिकित्सक पनि भ्रष्टाचारमा दोषी ठहरिन सक्ने बिहीबार, मंसिर १०, २०८३
सातै प्रदेशमा विशेषज्ञ उपचार सुविधासहित ट्रमा सेन्टर स्थापना गरिने
सातै प्रदेशमा विशेषज्ञ उपचार सुविधासहित ट्रमा सेन्टर स्थापना गरिने बुधबार, मंसिर ९, २०८३
क्यान्सर र मिर्गौलाका बिरामीलाई औषधि उपलब्ध गराउने कम्पनीको विवरण सार्वजनिक
क्यान्सर र मिर्गौलाका बिरामीलाई औषधि उपलब्ध गराउने कम्पनीको विवरण सार्वजनिक मंगलबार, मंसिर ८, २०८३
वीरगंज एएमआरको जोखिम : आफूखुसी एन्टिबायोटिक सेवन नगर्न स्वास्थ्यकर्मीको सुझाव
वीरगंज एएमआरको जोखिम : आफूखुसी एन्टिबायोटिक सेवन नगर्न स्वास्थ्यकर्मीको सुझाव बिहीबार, मंसिर ३, २०८३
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग बुधबार, मंसिर २, २०८३
मन्त्री मेहताद्वारा स्वास्थ्य संस्थाहरूको स्थलगत अनुगमन
मन्त्री मेहताद्वारा स्वास्थ्य संस्थाहरूको स्थलगत अनुगमन बुधबार, मंसिर २, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
जनमत पार्टीद्वारा रंगभेदविरुद्धको एकता दिवस भव्य रूपमा सम्पन्न
जनमत पार्टीद्वारा रंगभेदविरुद्धको एकता दिवस भव्य रूपमा सम्पन्न वीरगंज सिटी
विमानस्थलबाट करिब ५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
विमानस्थलबाट करिब ५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
जनमत पार्टीद्वारा रंगभेदविरुद्धको एकता दिवस भव्य रूपमा सम्पन्न
जनमत पार्टीद्वारा रंगभेदविरुद्धको एकता दिवस भव्य रूपमा सम्पन्न वीरगंज सिटी
विजय सरावगीले रास्वपामा भित्र्याएका पूर्व तथा वर्तमान वडा अध्यक्ष एमालेको महानगर बैठकमा
विजय सरावगीले रास्वपामा भित्र्याएका पूर्व तथा वर्तमान वडा अध्यक्ष एमालेको महानगर बैठकमा वीरगंज सिटी
वीरगंजका उद्योगीलाई सरकारको राहत, कर छुट र अनुदानको व्यवस्था
वीरगंजका उद्योगीलाई सरकारको राहत, कर छुट र अनुदानको व्यवस्था वीरगंज सिटी
विशेष खोज
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन
भारतीय ल्याबको भरमा अञ्जली डायग्नोस्टिकका ल्याब : कमिसनको चक्करमा गलत रिपोर्ट, बिरामीको स्वास्थ्यसँग खेलवाड हुँदा नियामक निकाय मौन Exclusive !
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट)
६ करोड ४१ लाख रुपैयाँ र ७ बिघा जग्गापछि २० लाखका गरगहना पनि ठगी भएको सीताराम कुर्मीको आरोप, राजकुमार र राजनारायण पछि रिना पाण्डेमाथि थप खुलासा (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
हामीलाई भन्नुछ
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ?
विद्यालय र अस्पताल नजिकै लागूपदार्थ बिक्री र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकाय किन मौन ? समाधान कहिले ? वीरगंज सिटी
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग
नेसनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाहीको आरोप लगाउँदै परिवारद्वारा न्यायको माग वीरगंज सिटी
उद्यमी मञ्च
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा  एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10
प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणमा एयर कनेक्टिभिटी, रेल्वे सञ्जाल र आर्थिक नीतिका विषयमा विशेष छलफल हुने - अतुल के. ठाकुर | Episode-10 वीरगंज सिटी
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9
सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँगै व्यवसायीको जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ : विनोद श्रेष्ठ ,यातायात व्यवसाय | Episode-9 वीरगंज सिटी
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
वीरगंज विशेष
चितवनकी शिक्षिका ल्याउन वीरगंज महानगरको अस्वाभाविक सक्रियताः एकै दिनमा सबै प्रक्रिया पूरा
चितवनकी शिक्षिका ल्याउन वीरगंज महानगरको अस्वाभाविक सक्रियताः एकै दिनमा सबै प्रक्रिया पूरा वीरगंज सिटी
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा
वीरगंज कारागारबाट कैदी फरार, सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी कडा वीरगंज सिटी
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका
वीरगंज महानगरको विज्ञापन बोर्ड ठेक्कामा विवाद : ४५ लाखको बोलपत्र केरमेट गरी ५४ लाख बनाइ मिलेमतोको आशंका वीरगंज सिटी
खेलकुद
महिला क्रिकेटमा लुम्बिनीलाई मधेशको झट्का, समूह चरणबाटै बाहिरियो
महिला क्रिकेटमा लुम्बिनीलाई मधेशको झट्का, समूह चरणबाटै बाहिरियो वीरगंज सिटी
राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो नेपाल, पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित
राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो नेपाल, पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित वीरगंज सिटी
जनगुनासो
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview
वीरगंजको विकास, स्वास्थ्य सेवा र युवाको भविष्यबारे मेयर उम्मेदवार गंगा श्रेष्ठका योजना के छन् ? | Ganga Shrestha | Interview वीरगंज सिटी
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
मनोरञ्जन
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र
सलमान खानको ‘मातृभूमि’ को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, सेन्सर बोर्डबाट पायो प्रमाणपत्र वीरगंज सिटी
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP