विराटनगर महानगरपालिका–५ स्थित पुल्चोकमा गएराति दुर्घटनामा परेको स्कोरपिओ गाडीबाट ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ ।
बा. ८ च ६५०८ नम्बरको स्कोरपिओ अनियन्त्रित भई पुल्चोक नजिकै खाल्डोमा परेको थियो । उक्त गाडी खानतलासी गर्दा सीटमुनि र डिक्कीको भागमा प्लास्टिकले बेरेर राखिएका गाँजाका ठूला पोका फेला परेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी प्रमुख कविता कटवाल का अनुसार बरामद गरिएको गाँजाको तौल करिब ४२० किलो रहेको छ । गाँजा र गाडी नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको उनले बताइन् ।
फरार चालकको खोजी भइरहेको छ । गाडीको नम्बर प्लेटका आधारमा धनीको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । ठूलो परिमाणमा गाँजा ओसारपसार हुनुमा संगठित गिरोहको संलग्नता हुन सक्ने अनुमान गरिएको छ ।
यसैबीच, नेपाल प्रहरी ले लागुऔषध नियन्त्रणका लागि सीमावर्ती क्षेत्र तथा भित्री सडकहरूमा निगरानी अझ कडा पारिएको जनाएको छ ।