नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज झापा जाँदैछन् ।
ओली झापा-५ का प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार हुन् । उनको आगमनको तयारीस्वरूप भद्रपुर विमानस्थलको सुरक्षा व्यवस्था कडा बनाइएको छ भनी जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
विमानस्थलमा प्रवेशद्वारबाट हवाइ टिकट लिएका यात्रु बाहेक अन्य व्यक्तिलाई प्रवेश दिइएको छैन । सुरक्षा सुनिश्चित गर्न विमानस्थलमा नेपाली सेना तैनाथ गरिएको छ ।