रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नं. ४ स्थित गौर–गंगापिपरा सडकखण्डमा आज बिहान मोटरसाइकल दुर्घटनामा श्रीमान्–श्रीमतिको मृत्यु भएको छ ।
प्रहरीका अनुसार दुर्घटना झाझपुल नजिक करिब साढे पाँच बजेतिर भएको थियो । गंगापिपराबाट गौरतर्फ आउँदै गरेको भारतीय दर्ता नम्बर BR30YU1371 मोटरसाइकल करिब ५० मिटर तल सिसौको रुखमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक जितेन्द्र साह र उनकी श्रीमती गम्भीर घाइते भएका थिए ।
दुवैलाई प्रादेशिक अस्पताल गौर पठाइएको भए पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिनुभयो ।