सशस्त्र प्रहरी बल नेपाल पर्सा र नेपाल प्रहरीको संयुक्त टोलीले पर्साको पकहाँमैनपुर गाउँपालिकाबाट कार चालकसहित १६० किलो गाँजा बरामद गरेको छ ।
सोमबार पर्साको पकहाँमैनपुर गाउँपालिकाको मधुवनीचोकतर्फ जाँदै गरेको प्र३–०१–००२च ५४३२ नम्बरको सुजुकी स्वीफ्ट कारका चालक बुद्धिलाल घलान पक्राउ परेका हुन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीले बताए अनुसार, चालक घलानले कारको डिक्कीमा प्याकिङ गरिएको गाँजा फ्याँक्ने क्रममा पक्राउ परेका हुन् ।
उनको साथबाट २२ हजार ५ सय रुपैयाँ नगद र रियलमी कम्पनीको स्मार्टफोन पनि बरामद भएको छ । पक्राउ परेका चालकलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरिया पठाइएको छ । सशस्त्र प्रहरीका अनुसार, यो बरामदगीले नार्कोटिक्स नियन्त्रणमा ठूलो सफलता प्राप्त भएको छ ।