लहान नगरपालिका–१० स्थित ग्रामीण चोकबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार दिउँसो इलाका प्रहरी कार्यालय लहान बाट खटिएको प्रहरी टोलीले करिब ३ ग्राम ९० मिलिग्राम पदार्थसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सोही स्थानमा डेरा गरी बस्ने सुखीपुर नगरपालिका–८ घर भएकी २१ वर्षीया पिरती कुमारी चौधरी रहेकी छन्। उनीसँगै अन्य दुई जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले उनीहरूले प्रयोग गरेको प्र.२–०१–००१ प ४४०९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
बरामद लागूऔषध र मोटरसाइकलसहित पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।