बाराको फेटा गाउँपालिकाका अध्यक्ष रूस्तम अन्सारीमाथि शुक्रबार बिहान स्थानीयले हातपात गरेपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उनलाई उद्धार गरेको छ ।
अध्यक्ष अन्सारी फेटा–३ स्थित बजारमा भएको घर घेराउको समयमा हमला गर्ने परिस्थितिबाट जोगिएका हुन् । गाउँमा बिहीबार राति जन्ती आएका दुई समुदायका युवाहरूबीच कुटाकुट भएको थियो । त्यस विषयलाई लिएर झगडीमा संलग्न दुवै पक्ष अध्यक्ष अन्सारीसँग छलफल गर्न पुगे ।
अन्सारीले आफूले तत्काल केही गर्न नसक्ने बताएपछि छलफलको क्रममा स्थानीयले उनीमाथि हातपात गरेका थिए । आक्रमणपछि सुरक्षा जोखिम बढेपछि सुरक्षाकर्मीले अध्यक्षलाई सुरक्षित स्थानमा लगेर उद्धार गरेका हुन् ।