पर्सा निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत जगरनाथपुर–२ लक्ष्मीपुर मा नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले आफ्नो चुनावी घरदैलो कार्यक्रम सञ्चालन गर्नुभएको छ ।
कार्यक्रमका क्रममा स्थानीयवासीहरूले रिजाललाई फूलमाला र खादा लगाएर स्वागत गरे । युवाहरू र गाउँबासीको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा उपस्थितहरूले विगतमा अन्य दल र उम्मेदवारहरूले चुनावको बेला मात्रै आश्वासन दिने तर विकास र रोजगारीमा ठोस काम नगर्ने गुनासो व्यक्त गरे ।
उम्मेदवार रिजालले स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रको सडक, पानी, शिक्षा र स्वास्थ्य सेवा सुधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उनले स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्न र विकास परियोजनाहरू कार्यान्वयन गर्न आफ्नो प्रयास केन्द्रित रहने बताए ।
कार्यक्रममा उपस्थित स्थानीयहरूले रिजालप्रति पूर्ण समर्थन व्यक्त गर्दै आगामी निर्वाचनमा कांग्रेसको विजय सुनिश्चित हुने विश्वास व्यक्त गरे ।