वीरगंज महानगरपालिका वडा नं. १८ (सौराहा, इनर्वा) र वडा नं. २२ (मनियारी) क्षेत्रमा नेपाली कांग्रेस, एमाले र माओवादी ट्रेड युनियनको कारण विगतमा ठूला उद्योग र धन्दा संकटमा परेको भन्दै, जनमत पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फले घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन् ।
सरार्फले मतदातासँगको भेटघाटमा भनेका थिए कि “पछिल्ला वर्षमा उद्योगी मैत्री वातावरणको अभावका कारण वीरगन्जको उद्योग धन्दा चौपट भएको छ । हामीले उद्योगी मैत्री वातावरण सिर्जना गरी वीरगन्जलाई पुनः सार्थक औद्योगिक नगरी बनाउने प्रतिबद्धता लिएका छौँ ।”
कार्यक्रममा स्थानीय नागरिकहरूले आफ्नो समर्थन व्यक्त गर्दै, ओमप्रकाश सरार्फले प्रतिवद्धतापूर्वक विकासका कार्यक्रम अघि बढाउने अपेक्षा व्यक्त गरेका छन् । उनले व्यापार, रोजगार र स्थानीय आर्थिक विकासमा जोड दिने योजना पनि प्रस्तुत गरेका छन् ।